४ कार्तिक २०८३, बुधबार

नेकपा एसको निर्णय देउवाले किन मानेनन् ? यस्तो छ कारण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ जेठ । नेकपा (एमाले)का केन्द्रीय सदस्य निर्मल भट्टराईले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बाम गठबन्धन गनुपर्ने बताएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको होसहवास उडेको टिप्पणी गरेका छन् ।

पूर्वप्रधानमन्त्री खनालको जनसम्पर्क सल्लाहकारका रुपमा समेत रहेर काम गरेका नेता भट्टराईले नेकपा एसमा खनालको बहुमत रहनु तथा खनाल बाम गठबन्धनको पक्षमा रहनुले प्रधानमन्त्री देउवा हच्किएको टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जालमा धारणा राख्दै नेता भट्टराईले खनाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीचको भिन्नता पनि औँल्याएका छन् ।

उनले लेखेका छन्, ‘झलनाथ खनाल दुइ विषयमा माधव नेपालभन्दा भिन्न देखिन्छन् । पहिलो, उनी माधव नेपालभन्दा बढी काङ्ग्रेसविरोधी छन् । दोश्रो, उनी माधव नेपालभन्दा कैयन् गुणा बढी भारतविरोधी छन् ।’

जसका कारणले पनि राजनीतिमा नयाँ तरंग पैदा भएको देखिन्छ । एकीकृत समाजवादीले बहालवाला मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुको नाम सिफारिस गरेको थियो । तर प्रधानमन्त्री देउवाले तत्काल मन्त्रिपरिषद हेरफेर गर्न नमानेपछि नेकपा एसको निर्णय थमौती भएको थियो ।

यस्तो छ नेता भट्टराईको टिप्पणीः

नेकपा एसको निर्णय देउबाले नमान्नुको कारण त गज्जब रहेछ नि !

कमरेड झलनाथ खनालको पक्षमा एसको प्रचण्ड बहुमत रहनु र उनी बाम गठबन्धनको पक्षमा रहेपछि देउबाको होसहवास उड्ने भएन त ?
झलनाथ खनाल दुइ विषयमा माधव नेपालभन्दा भिन्न देखिन्छन् । पहिलो, उनी माधव नेपालभन्दा बढी काङ्ग्रेसविरोधी छन् । दोश्रो, उनी माधव नेपालभन्दा कैयन् गुणा बढी भारतविरोधी छन् ।

यति भएपछि देउबालाई भएन त छु बाबा काशी ?