
काठमाडौँ, २३ जेठ । मुक्तिनाथ विकास बैंकले समयसँगै परिवर्तनको आवश्यकता रहेको डिजिटल बैंकिङ्गको साक्षरताकोे जनचेतनाका लागि सन्देशमुलक भिडियो सार्वजनिक गरेको छ ।
यस भिडियोमा, जसरी एक आमाले आफ्नो सन्तानलाई सानै देखि हरेक पाइलामा साथ दिँदै बोल्न, हास्न, हिड्न सिकाउँछिन्, त्यसगरि सन्तान ठूलो भएपछि उसको कर्तव्य पनि आफ्नो आमाको सहायता गर्नु हो भनेर देखाइएको छ ।
आमालाई नजानेका कुरा सिकाउनु जस्तै डिजिटल बैंकिङ्गको प्रयोग पनि सन्तानको कर्तव्य हो भन्ने सन्देश यस भिडियोले दिन्छ । सिकाइको लागि कुनै उमेरको सिमा नराख्दा साक्षरता बढ्छ ।
अहिलेको युगमा बैंक तथा वित्तीय संस्था सम्बन्धि विभिन्न कारोबारहरु डिजिटल बैंकिङ्गमार्फत नै हुने गरेका छन् । कति व्यक्तिहरुलाई यो सहजलागे पनि धेरै वृद्ध–वृद्धा र सामान्य पढेका व्यक्तिहरुको लागि भने डिजिटल बैंकिङ्ग सोचेभन्दा गाह्रो हुन पनि सक्छ ।
बैंकमा खाता र हातमा स्मार्टफोनको सहायताले विभिन्न काम जस्तै भुक्तानी, रिर्चाज, फण्ड ट्रान्सफर, आदि जस्ता कार्यहरु सजिलै एकै ठाँउमा बसेर गर्न सकिन्छ र यस्को साक्षरताले सबैलाई फाइदा पुग्ने सन्देश यस भिडियो मार्फत बैंकले दिन खोजेको छ ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहनगर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिषा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
त्यसैगरी प्रिपेड डलर कार्ड ,मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथामिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३)आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।
भिडियो हेर्ने लिंक:















प्रतिक्रिया