
काठमाडौँ, २३ जेठ । अवैध कारोबार हुण्डीको ३७ लाखसहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले शनिवार राति काठमाडौं महानगरपालिका–१३ कालीमाटीमा रहेको एउटा घरमा छापा हानेर स्रोत नखुलेको १७ लाख ६६ हजार ३०० नेपाली रुपैयाँ र १२ लाख ८ हजार ७०० भारतीय रुपैयाँसहित बाराको पचरौता नगरपालिका–७ का ५४ वर्षीय जयकमल साह कलवारलाई पक्राउ गरेको छ ।
अपराध अनुसन्धान कार्यालयका अनुसार कालीमाटीमा २ वटा फ्ल्याट लिएर हुण्डीको कारोबार गरेको भन्ने सूचनाको आधारमा पक्राउ गरेको थियो । प्रहरीले थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा पठाएको छ ।















प्रतिक्रिया