४ कार्तिक २०८३, बुधबार

सेवा सुबिधा नलिने महागढिमाईका मेयरको घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कलैया, २३ जेठ । बाराको महागढीमाई नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख उपेन्द्र यादव (उपन यादव) आफूले पाउने मासिक सेवा सुविधा नलिने घोषणा गरेका छन ।

जनप्रतिनिधिको सेवा सुविधाले झन राज्यलाई आर्थिक बोझ थुप्रिने भएकाले आफूले सेवा सुविधा नलिने मेयर यादवले बताए । दोश्रो कार्यकालका लागि कांग्रेसबाट निर्वाचित मेयर यादवले आफनो सेवा सुविधा गरिब, असहाय, विपन्न वर्गका लागि खर्च गर्ने बताएका छन् ।