१ कार्तिक २०८३, आइतबार

यू-१९ विश्वकप छनोटः नेपालको दोस्रो जित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ जेठ । आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले दोस्रो जित हात पारेको छ । मलेसियाको किनरारा ओभल मैदानमा भएको खेलमा नेपालले भुटानलाई ४ विकेटले पराजित गर्दै दोस्रो जित हात पारेको हो ।

जितका लागि चाहिएको ६७ रनको लक्ष्य नेपालले १३ ओभर १ बलमा ६ विकेट गुमाएर पुरा गर्‍यो । नेपालका लागि सानु राजवंशीले अविजित रहदै ३० रनको योगदान गरिन् ।

साना प्रविण १२ रनमा आउट भइन् । श्रृष्टी जैसीले ८ रन जोडिन् । भुटानका लागि साङगे वाङग्मोले सर्वाधिक ३ विकेट तथा अन्जुली घले र सोनाम एक-एक विकेट लिए ।