
काठमाडौँ, २३ जेठ । काठमाडौँको फर्पिङको जंगलमा युवा–युवतीको शव फेला परेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वसन्त कुँवरले २०÷२२ वर्षका युवायुवती मृत अवस्थामा फेला परेको जानकारी आएको बताएका छन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उनीहरुको विष सेवनबाट मृत्यु भएको हुनसक्ने सक्ने जनाएको छ ।
शव चेकप्वाइन्टबाट एक किलोमिटर माथि ताखेल जाने बाटोको जंगलमा भेटिएको बताइएको छ ।















प्रतिक्रिया