
काठमाडौँ, २३ जेठ । आज संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक बिहान ११ बजेबाट शुरु हुनेछ। आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले यौनहिंसाबिरुद्ध केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
त्यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोईरालाले फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।















प्रतिक्रिया