४ कार्तिक २०८३, बुधबार

नेशनल लाइफद्वारा झापामा एमडीआरटी विजेतालाई सम्मान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ जेठ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले एमडीआरटी (मिलियन डलर राउण्ड टेबल) का बिजेता अभिकर्ताहरुलाई सम्मान गरेको छ ।

विर्तामोड झापाको होटल किंगस्बरीमा २०७९ जेठ २१ गते सम्पन्न गरिएको एमडीआरटी सम्मान तथा तालिम कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले विजेता अभिकर्ताहरुलाई खादा, माला, ब्लेजर कोट र सम्मान पत्रबाट सम्मान गरेका थिए ।

भारतका बरिष्ठ प्रशिक्षक प्रभु देसाईले कार्यक्रममा उपस्थित करिब १५० जना विजेता अभिकर्ताहरुलाई एमडीआरटी सीओटी टीओटी जस्ता उत्कृष्ट टाईटल कसरी हासिल गर्न सकिन्छ भन्ने बारेमा प्रशिक्षण दिएका थिए ।

अमेरिकामा केन्द्रिय कार्यालय रहेको अभिकर्ताहरुको प्रतिष्ठित संस्था एमडीआरटी (मिलियन डलर राउण्ड टेबल) मा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.बाट ४ जना सीओटीसहित १५७ जना अभिकर्ताहरु एमडीआरटीका लागि योग्य भएका थिए ।