४ कार्तिक २०८३, बुधबार

२४ घण्टाभित्र मन्त्री फिर्ता बोलाउने एकीकृत समाजवादीको निर्णयपछि आले र खतिवडा आक्रोशित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ जेठ । नेकपा एकीकृत समाजवादी पार्टीले सरकारमा सहभागी आफ्ना ५ जना मन्त्रीहरुलाई २४ घण्टाभित्र फिर्ता बोलाउने निर्णय गरेसँगै पर्यटनमन्त्री प्रेम आले र स्वास्थ्य मन्त्री विरोध खतिवडा आक्रोशित बनेका छन् ।

पार्टीको आइतबार बसेको सचिवालय समितिको बैठकले मन्त्रीहरु फिर्ता बोलाएर नयाँ मन्त्री बनाउने निर्णय गरेसँगै आफ्ना कुर्सी जोगाउन आले र खतिवडा पार्टी कार्यालय पुगेका छन् ।

उनीहरु पार्टीको यस्तो निर्णय रोक्न पार्टी कार्यालय पुगेका हुन् । आफ्नो राजीनामा रोक्न आले र खतिवडा अध्यक्ष माधवकुमार नेपाललाई भेट्न पार्टी कार्यालय पुगेका हुन् ।

उनीहरुले अध्यक्ष माधव नेपालसहितका नेताहरुसँग छलफल गरेका छन् ।