
काठमाडौँ, २२ जेठ । नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गरेको छ ।
आइतबार बसेको पार्टीको सचिवालय समितिको बैठकले हाल ५ नेतालाई फिर्ता बोलाएर मन्त्री बन्ने ५ जना नेताहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ ।
अब भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्नेछन् भने जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नेछन् । त्यस्तै हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्नेछन् ।















प्रतिक्रिया