४ कार्तिक २०८३, बुधबार

उदयपुरमा करेन्ट लागेर एक पुरुषको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ जेठ । उदयपुरमा एक पुरुषको करेन्ट लागेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय, उदयपुरका अनुसार चौदण्डीगढी नगरपालिका-४ बसाहाका ४७ वर्षीय धनकुमार राईको आफू सुत्ने कोठाकै विद्युतीय तारबाट करेन्ट लागेर मृत्यु भएको हो।

शनिबार राति ९ बजे खाना खाएर सुत्ने बेला ढोका लगाउने क्रममा तार छुन पुगेपछि करेन्ट लागी उनी गम्भीर घाइते भएका थिए।

तत्काल उद्धार गरी चौदण्डीगढी नगर अस्पताल बेल्टार ल्याइएकोमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जनाएका छन्।

उनको शव बेल्टार अस्पतालमा पोष्टमार्टमको तयारी भइरहेको छ।