४ कार्तिक २०८३, बुधबार

एकीकृत समाजवादीमा मन्त्री हेरफेरबारे छलफल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ जेठ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा मन्त्रीहरुको हेरफेरबारे छलफल भएको छ ।

आइतबार बसेको सचिवालय बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरु परिवर्तनबारे छलफल भएको एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधारले जानकारी दिए ।

‘हामी ६ महिनाका लागि भनेर मन्त्रीहरु पठाएका थियौं। ६ महिनाभन्दा बढी भइसक्‍यो। त्‍यसकारण उहाँहरुका बारेमा पनि समीक्षा गर्यौ ।’ उनले पत्रकारहरुसँग कुरा गर्दै भने, ‘शीर्ष नेताहरुको बीचमा समझदारी भएर उहाँहरु (खासगरी अध्‍यक्ष)ले उपर्युक्त ठानेमा निर्णय गर्नुहुन्छ ।’

उनले पार्टीले मन्त्री हेरफेरको निर्णय गरे मन्त्रीहरुले मान्‍नु पर्ने बताए । उनले भने, ‘पार्टीले आवश्‍यकता ठानुन्जेल उहाँहरु मन्त्रीको रुपमा रहनुहुन्छ । पार्टीले अर्को आवश्‍यकता ठान्‍यो र फिर्ता बोलायो भने उहाँहरु यसलाई स्वभाभिक रुपमा लिनुपर्छ । र नयाँ जानेवालाहरु पनि यसलाई स्वभाभिक रुपमा लिनुहुन्छ ।‘