४ कार्तिक २०८३, बुधबार

कक्षा १२ को परीक्षा केन्द्र रहेको विद्यालयमा चोरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २२ जेठ । पर्सा जिल्लाको ठोरी गाउँ पालिकामा दुई वटा विद्यालयमा चोरी भएको छ । ठोरी –४ को मा.वि बिजयबस्ती र ठोरी–५ को सखुवाटी प्राविमा शनिबार राति चोरी भएको हो ।

कक्षा–१२ को परीक्षा केन्द्र समेत रहेको मावि बिजयबस्तीमा फलामको रडले ५ वटा कोठाको ताल्चा फोडेर भित्र रहेका सामाग्री भताभुङ्ग पारेको भेटिएको विद्यालयका प्रधानाध्यापक नारायण लामाले बताए ।

विद्यालयको २ वटा अफिस कोठा, पुस्तकालय, होस्टेल रुम र कम्प्युटर रुमको ताल्चा फोडेर भित्र रहेका सामानहरु लथालिङ्ग अवस्थामा भेटिएको र के के सामाग्री चोरी भयो भन्ने खोजी भैरहेको प्रअ लामाले बताए ।