
काठमाडौँ, २२ जेठ । नेपाल चलचित्र संघको अध्यक्षमा वीरेन्द्रनारायण श्रेष्ठ चयन भएका छन् ।
राजधानीमा शनिबार सम्पन्न संघको ४७ औँ साधारणसभाले श्रेष्ठसहितको नयाँ नेतृत्व चयन भएको हो ।
त्यस्तै, भेलाले कार्य समितिको उपाध्यक्षद्वयमा गोपालकाजी कायस्थ र कुबेर शर्मा र महासचिवमा नरेन्द्र महर्जन चयन भएका छन् ।
कार्यससमितिले सोमबार मात्रै पूर्णता पाउने बताइएको छ ।
आगामी तीन वर्षका लागि अध्यक्ष बनेका श्रेष्ठ नारायणगढको जलमा सिनेमा हलका सञ्चालक हुन् ।















प्रतिक्रिया