४ कार्तिक २०८३, बुधबार

राजसंस्थाको एजेण्डा पुनर्विचार गरे राप्रपासँग सहकार्य हुनसक्छः कमल थापा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २२ जेठ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपासँग सहकार्यका लागि शर्त राखेका छन् ।

थापाले राप्रपाले राजसंस्थाको एजेन्डामा पुनर्विचार गरे आगामी दिनमा सहकार्य हुनसक्ने बताएका हुन् ।

अध्यक्ष थापाले विराटनगरमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।

‘हामी कांग्रेस, एमाले माओवादीसँग सहकार्य गर्न सक्छौं भने राप्रपासँग सहकार्य गर्न नसक्ने भन्ने कुरा आउँदैन् तर सहकार्य र एकताका लागि राजसंस्थालाई हेर्ने दृष्टिकोणमा सुधार गर्नुपर्छ,’ उनले भने ।

थापाले अब राजसंस्था पुनर्स्थापना हुने सम्भावना शून्य भएको बताउँदै राप्रपाका नेता कार्यकर्तालाई भने, ‘यो अवस्थामा असम्भव एजेन्डा बोकेर जनता र कार्यकर्तालाई भ्रममा राख्न हुँदैन्, राम्रा एजेन्डाहरू ओझेलमा पर्ने खतरा रहन्छ ।’