४ कार्तिक २०८३, बुधबार

शौचालय सार्वजनिक रुपमा प्रयोग गर्न दिन इच्छुकलाई सम्पर्क गर्न महानगरको आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ जेठ । काठमाडौँ महानगरपालिकाले आफ्नो शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिन इच्छुक व्यक्ति तथा निकायहरुलाई सम्र्पक गर्न आह्वान गरेको छ ।

महानगरले होटल, रेष्टुरेन्ट, बैंक, व्यापारिक भवन, मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यवसायी, गैरसरकारी संघसंस्थाको शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिन इच्छुकहरुलाई ७ दिनभित्र सम्पर्क राख्न आग्रह गरेको हो ।

उनीहरुलाई बबरमहलस्थित सार्वजनिक निजी साझेदारी इकाइ वा महानगरपालिकाको प्रशासन विभागमा सम्पर्क राख्न भनिएको हो ।

काठमाडौँ महानगरको पहिलो कार्यपालिकाको बैठकमा मेयर बालेन्द्र शाह (बालेन)ले ति क्षेत्रहरुका शौचालयलाई निःशुल्क रुपमा सर्वसाधारणलाई प्रयोग गर्न दिइने प्रस्ताव पेश गरेका थिए ।