
अछाम, २१ जेठ । जेठ १७ गतेदेखि बेपत्ता अछामको पंचदेव विनायक नगरपालिका–४ तल्लको कुच्चीमा १७ वर्षीय विनोद शाही मृत भेटिएका छन् ।
जेठ १७ देखि हराइरहेको शाही मृत फेला परेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा त्यस स्थानमा एमाले र कांग्रेसका कार्यकर्ताहरुबीच विवाद भएको प्रहरीको भनाइ छ ।
एमाले निकट शाहीको मृत्युमा कांग्रेसको संलग्नता रहेको एमालेले आरोप लगाएपछि स्थिति तनावग्रस्त बनेको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले बताए ।
शनिबार विहान भीरमा शव देखिएको तर स्थिति तनावग्रस्त बनेकाले शव हेर्न नपाइएको मरासेनीको भनाइ छ । स्थिति सामान्य नबनेको उनले बताए ।
केही दिनअघि पनि कालिकास्थनमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएको थियो ।
अछामकै एक पत्रकारका अनुसार जेठ १७ गते राती ९ः३० देखि १२ः३० को समयमा प्रहरी नायव उपरीक्षक (डिएसपी) रबिराज थपलियाको कमाण्डमा महिला बालबालिकामाथि अभद्र व्यवहार भएको आरोपलगत्तै शाही बेपत्ता भएको बताएका छन् ।
हेर्नुस् भिडियोः















प्रतिक्रिया