
काठमाडौँ, २१ जेठ । नेकपा एकीकृत समाजवादीले गठबन्धनका अन्य दलहरुबाट आफूहरुलाई अपमान भएको निष्कर्ष निकालेको छ ।
पार्टीको आज बसेको सचिवालय बैठकले गठबन्धनभित्र आफूहरूमाथि सम्मानजनक व्यवहार नभएको भन्दै यसलाई सत्तारुढ गठबन्धनमा छलफलका लागि लैजाने निर्णय गरेको छ ।
बैठकले हालै सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा गर्दै नेताहरूले आफूहरू गठबन्धनप्रति इमानदार भए पनि अन्य दलबाट अपमान भएको रिपोर्टिङ गरेको उपमहासचिव डा. गंगालाल तुलाधरले बैठकपछि बताए ।















प्रतिक्रिया