
काठमाडौँ, २१ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री देउवालाई भेट्न ठाकुर बालुवाटार पुगेका थिए । उनीहरुबीच संघ र प्रदेश निर्वाचनका विषयमा छलफल भएको बताइएको छ ।
लोसपाको कार्यकारिणी समितिको बैठकलगत्तै ठाकुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।
त्यस्तै, उनीहरुबीच आगामी प्रदेश र संघीय निर्वाचनमा कसरी जाने भन्नेबारेमा पनि छलफल भएको बताइएको छ ।
देउवाले नै ठाकुरलाई भेटवार्ताका लागि बोलाएका स्रोतको दावी छ ।
लोसपाको कार्यकारिणी समितिको बैठक आइतबार विहाान ११ बजेका लागि पुनः बोलाइएको छ ।















प्रतिक्रिया