४ कार्तिक २०८३, बुधबार

विद्यार्थीमाथि यौन दुर्व्यवहारको आरोपमा सर्वनाम शिक्षालयका वार्डेन पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २१ जेठ । काठमाडौँको जोरपाटीस्थित सर्वनाम शिक्षालयका होस्टल वार्डेन रामजी बस्नेत विद्यालयका छात्राहरुमाथि यौन दुर्वयवहारको आरोपमा पक्राउ परेका छन् ।

बस्नेतलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय रामेछापको समन्वयमा रामेछापबाट पक्राउ गरेको हो ।

उनलाई काठमाडौँ ल्याउँदै गरिएको काठमाडौँ प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले दैनिक नेपाललाई जानकारी दिएका छन् ।

सर्वनामका छात्राहरुले वार्डेन बस्नेतद्वारा यौन दुर्व्यवहार भएको आरोप लगाएपछि अभिभावकहरुले शनिबार विद्यालयमा दोषीमाथि कारवाहीको माग गर्दै प्रदर्शन गरेका थिए ।

फरार रहेका बस्नेतलाई रामेछापबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यसअघि प्रहरीले शिक्षालयका प्रिन्सिपल दुर्गानाथ शिवाकोटी उनकी पत्नीलाई नियन्त्रणमा लिएको थियो ।