४ कार्तिक २०८३, बुधबार

सिटिजन्स बैंक इन्टरनेसनल र फोकसवान प्रा.लिबीच सम्झौता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ जेठ । डिजिटल बैंकिङ्गलाई सधैँ प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकमहानुभावहरुलाई डिजिटल माध्यमको प्रयोग गरी विभिन्न सेवा सुबिधा प्रदान गर्ने क्रममा भुक्तानी सेवाप्रदायक, फोकसवान प्रा.लिसँग कार्डमा आधारित स्क्यान टू पेरक्यू आर माध्यमबाट भुक्तानी गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरी सेवा प्रारम्भ गरेको छ ।

उक्त सेवा संचालनमा आएसँगै बैंकका कार्ड बाहकहरुले फोकसवानद्वारा संचालित मोको डिजिटल वालेटमा बैंकका डेबिट÷क्रेडिट कार्डहरु लिङ्कगरि सोही कार्डहरुबाट खर्च हुने गरि बिभिन्न सेवाहरु जस्तै मोबाइल टपअप, इन्टरनेट, विद्युत, खानेपानीको बिल भुक्तानी, हवाइजहाजको टिकट भुक्तानीलगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन ।

यसै गरि बैंकका ग्राहकहरुले मोको वालेट मार्फत एनसीएचएलको नेपाल पे अन्तर्गतका क्यू आर माध्यमबाट भुक्तानी समेत गर्न सक्नेछन ।

सिटिजन्स बैंक लगायतका विभिन्न बैंकहरु द्वारा प्रबर्धित नेपाल पेमेन्ट सोलुसन ९नेप्स० तथा फोकसवानको सहकार्यमा प्रारम्भ गरिएको यस सेवाबाट बैंकको डिजिटल बैंकिङ्ग सेवाको क्षेत्रमा नौलो आयाम थपिएको विश्वास बैंकले लिएको छ ।

आफ्ना ग्राहकमहानुभावहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यस अघि नै बैंकले कियोस्क, ई.के.वाई.सी तथा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्ने जस्ता सुबिधाको सुरुवात गरी सकेको छ ।

साथसाथै, यस बैंकका ग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्घेश्यले ग्राहक साहायता केन्द्रको समेत स्थापना गरिसकेको छ ।