४ कार्तिक २०८३, बुधबार

गरिमा विकास बैंकद्वारा ‘जंगल भिल्ला रिर्सोट’सँग विभिन्न सेवा सुविधामा छुट सम्झौता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ जेठ । आन्तरिक पर्यटनलार्ई प्रोत्साहन तथा प्रर्बद्धन गर्नुको साथै हाम्रो ग्राहक महानुभावहरुलाई थप सुविधाहरु प्रदान गर्नका लागि हामीले पर्यटकिय स्थल चितवनको प्रख्यात होटल ‘जंगल भिल्ला रिर्सोट’सँग उनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधाहरुमा आर्कषक छुटको लागि सम्झौता गरेका छौँ ।

सम्झौता अनुसार, उक्त होटलले विभिन्न प्रकारका रुम तथा फुड एण्ड वेभरेजमा समान १५% छुट प्रदान गर्ने भएको छ । यस बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोग गरि बिल भुक्तानी गर्नुहुने ग्राहक महानुभावहरुले उक्त होटलबाट उल्लेखित छुट सुविधाहरु लिन सक्नुहुनेछ ।

हाल गरिमा विकास बैंकले १२१ शाखा कार्यालयहरु, १ एक्स्टेन्सन काउण्टर र ५१ ए.टि.एम.बाट आफ्ना ग्राहक महानुभावहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।