४ कार्तिक २०८३, बुधबार

एमालेले थप्यो ११ विभाग, कुन विभागमा को ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ जेठ । नेकपा (एमाले)ले थप ११ वटा विभाग गठन गरेको छ ।

पार्टीको १० औं महाधिवेशनपछि गठन हुन बाँकी रहेका विभागहरुको गठन गर्ने क्रममा थप ११ वटा विभागको टुंगो लगाइएको हो ।

वैशाख ५ गते अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले विभाग गठन गर्ने निर्णय गरेपनि सार्वजनिक गरिएको थिएन ।

पार्टी महासचिव शंकर पोखरेलले १७ जेठमा विभागमा मनोनित नेताहरुको नाम सार्वजनिक गरेका हुन् ।

एमालेमा विभागमा ३५ जनासम्म सदस्य रहने व्यवस्था भए पनि अहिले आंशकि मात्र मनोनयन गरिएको छ । सबभन्दा धेरै विदेश विभाग र सहकारी विभागमा २३/२३ जना सदस्य मनोनयन गरिएको छ ।

पार्टीका नेताहरुको रुचि तथा विज्ञताको आधारमा जिम्मेवारी दिइएको बताइएको छ ।

सार्वजनिक सूचीअनुसार कृषि तथा पशुंपक्षी विभागमा १३ जना, उद्योग वाणिज्य तथा आपूर्ती विभागमा पाँच जना,परराष्ट्र विभागमा २३ जना, शिक्षा विभागमा ११ जना,संघीय मामिला तथा प्रशासन विभागमा नौ जना, श्रम तथा रोजगार विभागमा ११ जना,उर्जा जलश्रोत तथा सिंचाइ विभागमा १३ जना मनोनयन गरिएको छ ।

यसैगरी उपभोक्ता हित संरक्षण तथा सुशासन विभागमा १७ जना,संसदीय विभागमा १३ जना, पुस्तकालय तथा अभिलेख विभागमा पाँचजनालाई मनोनयन गरिएको छ । खानेपानी तथा सरसफाई विभागमा ११ जना, अर्थ तथा योजना विभागमा आठ जना सदस्य मनोनयन गरिएको छ । प्रचार विभागमा यस अघि नै नौ जना सदस्य मनोनयन गरिएको छ । एमालेमा ३३ वटा केन्द्रीय विभाग छन् ।

हेर्नुस् सूची कुन विभागमा को-को छन् ?