४ कार्तिक २०८३, बुधबार

फाया नेपालको राहत धादिङमा बाँडियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Faya-team-dhnधनगढी, १७ वैशाख । फाया नेपाल कैलालीले विहीबार धादिङका भुकम्प पीडितका लागि राहत प्रदान गरेको छ ।

भूकम्प पीडितलाई जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे मार्फत राहत सहयोग उपलव्ध गराइएको फायाका अध्यक्ष तथा धादिङ पुगेको टोलीका संयोजक शेरबहादुर बस्नेतले बताउनुभयो ।

कैलालीमा प्राकृतिक प्रकोपका क्षेत्रमा समेत लामो समयदेखि क्रियाशिल रहदै आएको फाया नेपालको टोलीले ६० थान त्रिपाल, पाँच सय केजी चिउरा, एक हजार पाँच सय प्याकेट चाउचाउ, पानी शुद्ध गर्ने औषधि र प्राथमिक उपचारका सामाग्री जिल्ला प्रशासनलाई हस्तान्तरण गरेको हो ।

धादिङमा भुकम्प पीडितका लागि व्यवस्थिरुपमा जिल्ला प्रशासनको समन्वयमा राहत वितरण भइरहेको अध्यक्ष वस्नेतले वताउनुभयो । उहाँले धादिङका भुकम्प पीडितलाई पानी र औषधिको अभाव नरहेकोले त्यस्तो राहत नल्याउन प्रशासनले आग्रह गरेको वताउनुभयो । भुकम्प पीडितलाई त्रिपाल र खाद्यान्नको अभाव रहेको देखिन्छ अध्यक्ष बस्नेतले वताउनुभयो ।

भुकम्पबाट पीडित भएकालाई सहयोग गर्ने हिडेको टोलीमा फायाका अध्यक्ष शेरवहादुर वस्नेत, पूर्व अध्यक्ष धनपति ढुंगेल, सदस्य विष्णु चन्द र मनोज पाण्डेय रहेका छन् ।