
कास्की, २० जेठ । जिल्ला समन्वय समिति कास्कीको प्रमुखमा नेकपा (एमाले) का लीलाधर पौडेलसहितको प्यानल विजयी भएको छ ।
कांग्रेसका दीपेन्द्र ढकाललाई पराजित गर्दै पौडेल विजयी बनेका हुन् ।
त्यस्तै, उपप्रमुखमा एमालेकै सरिता माल निर्वाचित भइन् । उनले माओवादी केन्द्रकी उषा थापालाई हराइन् ।
त्यस्तै, सदस्यहरुमा बालिका सुवेदी, हर्कबहादुर गुरुङ, राजु अधिकारी निर्वाचित भएका छन् ।
त्यस्तै, महिला सदस्यमा सुकमाया नेपाली, सीतादेवी विक, लक्ष्मी दमै, दलित वा अल्पसंख्यकबाट गणेशबहादुर घर्ती जिसी विजयी भएका छन् ।















प्रतिक्रिया