
काठमाडौँ, २० जेठ । भारतका चर्चित गायक एवं राजनीतिज्ञ सिध्दु मुसेवालाको हत्याराको खोजीमा दिल्ली प्रहरीको टोली नेपालमा आएको छ ।
भारतीय सञ्चारमाध्यम आजतकका अनुसार मुसेवालाको हत्यामा संलग्न हाल नेपालमा रहेको आशंका गर्दै दिल्ली प्रहरीको टोली शुक्रबार नेपाल आएको हो ।
प्रहरीले मुसेवालाको हत्यापछि गोली प्रहार गर्ने नेपालमै लुकेर बसेको आशंका गरेको हो ।
मुसेवाला हत्या प्रकरणमा दिल्ली प्रहरीको स्पेशल सेल टोली आज नेपाल आइपुगेको हो ।
गोली प्रहार गर्नेहरु नेपालमै लुकेको आशंकामा खोजी सुरु गरिएको बताइएको छ । त्यस्तै, मुसेवालाको हत्यापछि भाइरल भएका भिडियो सहाराले पनि प्रहरीले खोजी गरिरहेको छ ।
पञ्जाब प्रहरीले सहयता लिएको भिडियोमध्ये एक एउटा ताजा छ । यो भिडियोमा तीव्र गतिमा रहेको थार गाडी अचानक खाली साँघुरो सडकबाट गुज्रिरहेको देखिन्छ । यो त्यही थार हो, जसमा सिध्दु मुसेवाला चढेका थिए तर गाडी भने उनी आफैं चलाउँदै आएका थिए । सिध्दु मुसेवालाको थार गएको केही सेकेन्डपछि अर्को गाडी चुपचाप सडकबाट निस्केर सोही बाटोमा गुडिरहेको देखिन्छ ।
यो गाडी बोलेरो हो, जसको बारेमा प्रहरीको अनुमान छ कि यो बोलेरो गाडीमा सवार आक्रमणकारीले अगाडि गएर सिध्दु मुसेवालालाई निशाना बनाएका थिए । गायक सिध्दु मुसेवालालाई आफ्नै कारमा एएन ९५ र एके ४७ जस्ता अत्याधुनिक हतियारले आक्रमण गरिएको थियो । सिध्दु मुसेवालामाथि यति गतिमा गोली चल्यो कि उनले आफ्नै सिटमा झुक्ने समय पनि पाएनन् ।
प्रहरीले हत्याको कारण र संलग्नलाई तीव्र रुपमा खोजिरहेको छ ।
पञ्जाब प्रहरीले मुसेवालाको हत्यामा कुनै डन ग्यांगको संलग्न रहेको अनुमान गर्दै आएको छ ।
यसैबीच तिहाड जेलमा रहेका गुण्डा नाइके लरेन्स बिश्नोईले आफ्नै सदस्यले सिध्दु मुसेवालाको हत्या गरेको स्वीकार गरेका छन् । यद्यपि लरेन्सले हत्यामा आफ्नो भूमिकालाई अस्वीकार गर्दै आएका छन् ।
सिध्दु मूसेवालाको हत्याको पछाडि गिरोहहरू बीचको दुश्मनी जिम्मेवार मानिन्छ । पञ्जाबका प्रहरी महानिर्देशक वीके भावराले यस हत्यामा क्यानडाका गोल्डी बराड़ र जेलमा रहेका गुण्डा लरेन्स बिश्नोई जिम्मेवार रहेको बताएका छन् ।
यस प्रकरणमा दिल्ली प्रहरी नेपाल आएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरे पनि नेपाल प्रहरीले आधिकारिक दिएको छैन ।















प्रतिक्रिया