४ कार्तिक २०८३, बुधबार

के पल शाह सर्वोच्च अदालत जालान् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० जेठ । बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाह धरौटीको माग गर्दै सर्वोच्च अदालत नजाने भएका छन् ।

बिहीबार उच्च अदालत पोखराले शाहले धरौटी माग गरेको निवेदनमाथि सुनुवाईपछि फैसला गर्दै थुनामै राख्नुपर्ने आदेश जारी गरेको थियो ।

त्यस आदेशसँग अभिनेता शाहसँग कि सर्वोच्चमा निवेदन दिने वा जिल्ला अदालतको फैसला कुर्ने विकल्प रहेका छन् ।

शाहका वलिक कमलामोहन वाग्लेले सर्वोच्च जाँदा फैसला आउन लामो समय लाग्ने भएकाले आफूहरु जिल्लाकै फैसला पर्खनेबारे छलफल गरिरहेको जनाएका छन् ।

एक नाबालिग गायिकाले बलात्कारको आरोप लगाएपछि गत फागुन १५ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा आफै उपस्थित भएका शाहलाई त्यहाँको जिल्ला अदालतले चैत ११ गते मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

पीडित गायिकाले बयान फेरेपनि वकपत्र दायर गरिसकेपछि प्रभाव नपर्ने जनाइएको छ । त्यसैअनुसार उच्च अदालतले जिल्ला अदालतको फैसला सदर गरेको बताइन्छ ।

अब तनहुँ जिल्ला अदालत र पूर्वी नवलपरासी जिल्ला अदालतमा छुट्टाछुट्टै सुनुवाइ हुने बताइएको छ । दुवै घटनामा सरकारी वकिलले शाहविरुद्ध १२ देखि १४ वर्षसम्म कैद सजाय माग गरेका छन् ।