४ कार्तिक २०८३, बुधबार

काठमाडौँको मूलपानीमा एक युवक मृत फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २० जेठ । काठमाडौँको मूलपानीमा एक युवक मृत फेला परेका छन् ।

बाजुराको बुढीगंगा गाउँपालिका–९ मा स्थायी घर भई हाल कोटेश्वर बस्दै आएका २२ वर्षीय धर्म शाही मृत भेटिएका हुन् ।

प्रहरीका अनुसार कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानीस्थित लक्ष्मीनारायण मन्दिर पछाडि शाही बिहीबार मृत भेटिएका हुन् । मृतक शाही काँडाघारीस्थित एक मोटरसाइकल वर्कशपमा कार्यरत थिए ।

शव पोष्टमार्टमका लागि पाटन पठाइएको छ भने घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।