
काठमाडौँ, २० जेठ । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको छानविन गर्न संसदीय समिति बनाउन माग गरेको छ ।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा पेट्रोलियम पद्धार्थको मूल्यवृद्धिका सम्बन्धमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले मूल्यवृद्धिको छानविनका लागि संसदीय समिति बनाउन माग गरेका हुन् ।
समितिले भएको मूल्यवृद्धि नियन्त्रण गर्ने तथा अब बढ्न नदिन सुझाव दिने भट्टराईले बताए ।
त्यस्तै, उनले कमिशनको सेटिङमा पेट्रोलियम पद्धार्थको आयात गर्न नीजि क्षेत्रलाई दिइन लागेकोमा पनि सरकारसँग जवाफ मागेका छन् ।
उनले भने, ‘आयल निगमले गरेको पेट्रोलियम पद्धार्थको आयातको कामलाई नीजि क्षेत्रलाई दिने काम असाध्यै ठूलो कमिसनको सेटिङमा आधारित छ भनेर मान्छेहरुले व्यापक रुपमा बजारमा भनिरहेका छन् । यसको जवाफ के छ ?’















प्रतिक्रिया