
काठमाडौं, २० जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोलले सिसडोलको अवलोकन गरेका छन् ।
शुक्रबार बिहान उनीहरुले काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने नुवाकोटको सिसडोलको अवलोकन गरेका हुन् ।
फोहोरको गन्धको गुनासो सुनेपछि मेयर शाहले एक हप्ताभित्र दुर्गन्ध हटाउने आश्वासन दिए ।
उनले केमिकल हालिसकेपछि गन्ध हराउन एक हप्ता लाग्ने बताए ।
उनले भने, ‘एक हप्तामा गन्ध नआउने बनाउन सकिन्छ । हाल्नलाई यहाँ केमिकल आउनुपर्यो है फेरि । केमिकल आउन ट्रक रोक्न भएन है ।’















प्रतिक्रिया