
काठमाडौं । नायक आर्यन सिग्देल र मोडल रुबिना थापाबिचको अन्स्क्रिन प्रेम र रोमान्सले भरिपूर्ण बिल्कुलै नयाँ म्युजिक भिडियो ‘मेरी सानी’ सार्वजनिक भएको छ ।
गीतमा गायक रविन लिम्बुको सुमधुर स्वर सुन्न सकिन्छ भने डीपी खनाल र सदु खनालको शब्द रहेको गीतमा शंकर थापा ‘स्माइल’को संगीत र विश्व अधिकारीको संगीत संयोजन रहेको छ ।
नेपाली चलचित्र क्षेत्रका अब्बल छायाँकार सौरभ लामाको छायाँकन तथा निर्देशन रहेको छ । म्युजिक भिडियोमा अर्जुन जीसीको सम्पादन तथा रेनिश फागोको रंग संयोजन रहेको छ ।
नेपाली लोक पप शैलीमा बनेको यस गीतको भिडियोमा सहरको एउटा प्रतिष्ठित मोटर कम्पनीका जागिरेले गाउँमा रहेकी आफ्नी सानीलाई सम्झिंदै गायकको गीत भित्र हराउँदै परिकल्पना गरेको सुन्दर र हृदयस्पर्शी कथा समेटिएको छ ।















प्रतिक्रिया