३० आश्विन २०८३, शुक्रबार

संघ र प्रदेश निर्वाचनमा गठबन्धनलाई तालमेल कठिन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० जेठ । ५ दलीय गठबन्धनबीच आगामी सङ्घीय र प्रदेश संसद्को निर्वाचनमा तालमेल कठिन हुने देखिएको छ ।

स्थानीय निर्वाचनको परिणामलाई लिएर नेपाली कांग्रेसबाहेकका दलहरू असन्तुष्ट छन् । ती दलका नेताहरूले असन्तुष्टिलाई सार्वजनिक रूपमै व्यक्त गर्न थालेका छन् । एक–अर्काप्रति लाञ्छना लगाउने र चेतावनी दिन पनि थालेका छन् ।

असन्तुष्टमध्येको एउटा दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेजस्तै दम्भ देखाए कांग्रेसलाई ठोक्ने चेतावनी दिइसकेका छन् । प्रचण्डको यो चेतावनीप्रति कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन तोडिए तोडियोस् भन्ने अर्थमा जवाफ दिँदै भनेका छन्, ‘कांग्रेस हारेर पनि देशलाई जोगाएको इतिहास छ ।’

नेकपा (एकीकृत समाजावदी)का अध्यक्ष माधवकुमार नेपालको प्रचण्ड प्रधानमन्त्रीको लोभमा परिसकेको आरोप छ । कांग्रेस र माओवादी दुवैले इमान्दारीसाथ मत नदिएको पनि नेपालको आरोप छ ।

जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले तालमेलप्रति यसअघि नै असन्तुष्टिहरू व्यक्त गरिसकेका छन् । १७ चैत २०७८ मा स्थानीय निर्वाचनमा तालमेलको निर्णय गर्दैगर्दा गठबन्धन दलका नेताहरूले सङ्घीय र प्रदेश संसद्को निर्वाचनमा पनि तालमेल हुने बताएका थिए । तर, स्थानीय निर्वाचनमा स्वस्थ ढङ्गको तालमेल गठबन्धन दलहरूबीच भयो ।

सोही कारण आगामी सङ्घीय र प्रदेश संसद्को निर्वाचनमा पनि त्यस्तै हुन सक्ने डर कांग्रेसबाहेकका दललाई छ, आजको द नेपालटप दैनिकमा जङ्ग तामाङले समाचार लेखेका छन् ।