
काठमाडौँ, १९ जेठ । उच्च अदालत पोखराले अभिनेता पल शाहलाई थुनामा राख्ने जिल्ला अदालतको आदेश सदर गरेसँगै शाह हिरासतमै रहने भएका छन् ।
आफूलाई धरौटीमा रिहा गर्न माग गर्दै दायर गरेको रिटमा उच्च अदालतले बिहीबार सुनुवाई गर्दै जिल्ला अदालत तनहुँ र नवलपरासीले गरेको आदेशलाई नै सदर गरेको हो ।
यससँगै शाहका समर्थक निराश बनेका छन् । भने शाहका वकिलले पनि अदालतको फैसला निराशाजनक रहेको टिप्पणी गरेका छन् ।
शाह अब फैसला नहुञ्जेल कारागारमा बिताउनुपर्ने हुन्छ । यद्यपि उनलाई सर्वोच्च जाने अधिकार भने अझै कायम छ ।
शाहका वकिल कमलामोहन वाग्लेले अदालतको फैसला निराशाजनक भएको बताएका छन् ।
पीडित आफैँले पनि बयान फरेको खण्डमा सामान्य तारिख वा धरौटीमा रिहा गर्ने आदेश आउनेमा आशावादी रहेको बताएका छन् ।
यद्यपि उनले अदालतको आदेशप्रति कडा टिप्पणी गरेनन् । अभियोगपत्र नै दर्ता भइसकेपछि आएका वकपत्रले ठूलो भूमिका नखेल्ने कानुनविदहरु बताउँछन् ।
















प्रतिक्रिया