
काठमाडौँ, १९ जेठ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमाले सरकार परिवर्तनको खेलमा नरहेको स्पष्ट पारेका छन् ।
सरकार परिवर्तनको विषय पेचिलो बनिरहँदा एमाले महासचिव पोखरेलले धारणा राखेका हुन् ।
पोखरेलले भनेका छन्, ‘यतिवेला नेकपा(एमाले) सरकार परिवर्तनको खेलमा छैन । विकास र समृद्धिका लागि वलियो राष्ट्रिय शक्ति निर्माणको तयारीमा जुटदैछ ।’
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुलाई प्रधानमन्त्रीको अफर आएको दावी गरेका थिए ।
यससँगै सरकार परिवर्तनको विषय पुनः उठेको हो ।















प्रतिक्रिया