
काठमाडौँ, १८ जेठ । होटल संघ नेपालले होटलबाट प्लास्टिकजन्य वस्तुको सामान प्रयोग कम गर्न अभियान सुरु गरेको छ ।
वुधबार लाजिम्पाटस्थित होटल शंकरमा एक समारोहकाबीच नट टु सिंगल युज प्लास्टिक इन होटल रुम उद्घाटन गरिएको हो ।
संघले विश्वमा व्यापक रुपमा फैलिएको जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गरी यसबाट बाँच्न र बचाउनका लागि हामी सबै जागरुक हुनु पर्ने जनाएको छ ।
जलवायु र यसको मानव जीवनमा पर्ने नकारात्मक प्रभाव प्रति हामी सचेत हुनु आवश्यक रहेको छ । हामीले गर्ने हरेक क्रियाकलाप तथा व्यवहार वातावरणमैत्री हुनु जरुरी रहेको संघले जनाएको छ ।
संघले सदस्य होटलका कोठामा कमभन्दा कम प्लास्टिकजन्य सामानको प्रयोग होस् र क्रमशः घटाउँदै दीर्घकालमा सकेसम्म प्लास्टिकजन्य सामग्रीहरु प्रयोग नहोस् भन्ने अभियान घोषणा गरेको जनाएको छ ।
बैंकले यस कार्यले नेपाली होटल उद्योग र समग्र राष्ट्रको वातावरण संरक्षणमा सकेको योगदान पुग्ने गरिमा उँचो हुने विश्वास लिएको जनाएको छ ।
संघले पत्रकार सम्मेलनमार्फत ूक्याम्पेन टु इलिमिनेट सिंगल युज प्लास्टिक फ्रम होटल रुमस्ू को घोषणा गरेको हो ।
विश्वलाई नै आक्रान्त बनाउँदै गएको जलवायु परिवर्तनलाई न्यूनीकरण गरी मुलुकको पर्यटन वातावरणमैत्री रहेको विश्व माझ प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धनमा जोड दिने उद्देश्यले होटल संघ नेपालले आफ्ना सदस्यहोटलहरुको कोठामा प्रयोग हुने प्लास्टिकजन्य वस्तुहरुलाई निरुत्साहित गर्दै हरित पर्यटनलाई बढावा दिने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको हो ।
एक पटक प्रयोग हुने वा डिस्पोजेबल प्लास्टिक, तिनीहरूलाई फ्याँक्नु अघि एक पटक मात्र प्रयोग गरिन्छ । यी वस्तुहरू प्लास्टिकको झोला, स्ट्र, कफी स्टिरर, सोडा र पानीका बोतलहरू र प्याकेजिङ जस्ता वस्तुहरु मूख्य रहेका छन् । आँकडा अनुसार हरेक वर्ष करिब ३ सय मिलियन टन प्लास्टिक उत्पादन हुन्छ भने यसको आधा मात्र डिस्पोजेबल हुने देखिन्छ ।
होटलका कोठामा प्रयोग हुने प्लास्टिकजन्य वस्तुहरुलाई न्यूनीकरण गरी विश्वव्यापी रूपमा हरित आतिथ्यता उद्योगको परिकल्पना गरिएको छ । यसलाई निरन्तरता दिँदै होटल संघ नेपालले वातावरणीय दिगोपनाका लागि होटेलका कोठाहरूमा एकल प्रयोग हुने प्लास्टिक वस्तुहरूको विकल्प खोजेको छ ।
संघले आफ्ना क्षेत्रीय संघका अध्यक्षहरू र कार्यकारी समितिका सदस्यहरूसँग एक कार्यशाला आयोजना गरेर वैकल्पिक उत्पादनहरू प्रदर्शन गरी सचेतना फैलाउने प्रतिवद्धता गरेको छ ।
सोही अभियानलाई केन्द्रित गरी कमभन्दा कम लागतमा पाहुनाहरुलाई सत्कार गरी वातावरणीय अनुकुलतालाई प्राथमिकतामा राखी पर्यटनमैत्री उत्पादनहरुको प्रयोगलाई अगाडि बढाइएको छ ।
यो हामीले गरेको सानो पहलाई हाम्रा सदस्य होटलहरुले मात्र हैन होमस्टे महासंघ र होटल महासंघले पनि यस अभियानलाई साथ दिई अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् ।
अहिले विभिन्न बुकिङ माध्यम जस्तै बुकिङ डट कमले प्रकाशित गरेको रिपोर्टमा ६८ प्रतिशत पाहुनाहरु पर्यावरणमैत्री होटलहरु पर्यटकले रुचाउने गरेको देखिन्छ भने जन्डै विश्वव्यापी रुपमा ८७ प्रतिशत पर्यटकहरु दिगो यात्राका लागि तयार रहेको देखिन्छ ।
हामीले दैनिक उत्पादन गर्ने फोहोरको मात्रा घटाउनका लागि स्रोत तथा शंसाधनहरूको सचेत तथा उचित उपयोगलाई बढावा दिनु अपरिहार्य रहेको संघले जनाएको छ ।
यस कारण हामीले होटलको कोठामा अत्यधिक मात्रामा एक–पटक मात्रै प्रयोगमा आउने सामाग्रीहरूलाई पुनः प्रयोगमा ल्याई दीर्घकालीन रुपमा उपयोग हुने सामग्रीहरु संघले प्रस्तुत गरेको हो ।
होटललाई वातावारणमैत्री प्रविधि प्रयोग गरेर सुविधा सम्पन्न होटलमार्फत वातावरण र दिगो विकासमा उल्लेख्य योगदान पुग्ने संघले ठानेको छ ।
















प्रतिक्रिया