– विवेक विश्वकर्मा
भैरहवा, १७ वैशाख । गत शनिवार गएको महाभूकम्पबाट पीडीत भएका सर्वसाधारणलाई राहतको लागी रुपन्देही जिल्ला कारागार रुपन्देहीमा रहेका कैदीबन्दीहरुले सहयोग गरेका छन् ।
कारागारमा रहेका ३ सय ७३ जना बन्दीहरुले आफुहरुको एकदिनको खाना खर्च कटाएर संकलन गरेको ३४ हजार ८ सय ४८ रुपैयाँ भूकम्प पीडितसम्म पुर्याउन जेसिआई सिद्धार्थ नेपाललाई हस्तान्तरण गरेका छन् ।
बन्दी माधब घिमिरेले आफुहरुलाई सरकारले रासन स्वरुप उपलब्ध गराउँदै आएको एक दिनको सात सय ग्राम चामल र अन्य रकम रु ४५ रुपैयाँ रहेकोमा सो बराबरको सहयोग एक दिन आफुहरुले नखाएरै उपलव्ध गराएको बताए ।
यता बिहीबार भन्सार एजेण्ट सघं बेलहियाले खाद्यान्न, त्रिपाल लगायतका सामग्री गोरखा पठाएको छ । उठेको नगद रकम जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको छ । भने खाद्यान्न लगायतका जिन्सी सामानहरु आफै पुगेर पीडित समक्ष पुर्याउन सघंसस्थाहरु लगेका छन् ।
यस्तै, संकलित राहत पीडितसम्म पुर्याउन शुक्रवार सिद्धार्थ नगर उद्योग बाणिज्य सघंको टोली गोर्खा जाने भएको छ । सघंका अध्यक्ष रामकुमार शर्माका अनुसार हालसम्म खाद्यान्न, सुत्ने मेट, ड्राई फुड, त्रिपाल गरी झण्डै साढे ६ लाख बराबरको राहत संकलन भएको छ ।
त्यस्तै, ५१ हजार नगद जिल्ला प्रसासन कार्यालय मार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको छ । संघमा कार्यरत कर्मचारीहरुबाट पनि २ दिनको तलव बराबरको रकम भुकम्प पीडितलाई राहत स्वरुप प्रदान गरिएको छ ।















प्रतिक्रिया