
काठमाडौँ, १८ जेठ । सरकारले आगामी आर्थक वर्ष २०७९/०८० को बजेट संघीय संसद्मा पेस गरेदेखि आरोलो लागेको सेयर बजार साप्ताहिक कारोबारको तेस्रो दिन (बुधबार) पनि घटेको छ।
बुधबार सेयर बजार परिसूचक (नेप्से) ७.१९ अंकले घटेर २१३०.७३ विन्दुमा ओर्लिएको छ। यस्तै, ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सिटिभ इन्डेक्स पनि १.१६ अंकले घटेर ४१४.४७ विन्दुमा पुगेको छ।
बुधबार कारोबारमा आएकामध्ये ३ वटा मात्रै समूहको उपसूचक उकालो लागेको छ। बुधबार जलविद्युत्, विकास बैंक र फाइनान्स समूहको उपसूचक उकालो लागेका छन्। अन्य १० समूहको उपसूचक भने ओरालो लाग्यो। सबैभन्दा बढी व्यापार समूहको उपसूचक १.८३ र जीवन बिमा समूहको उपसूचक १.५ प्रतिशतले घट्यो।















प्रतिक्रिया