४ कार्तिक २०८३, बुधबार

माछा मार्दा डुबेर मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, १७ वैशाख । माछा मार्नका लागि शुक्लाफाँटा वन्यजन्तु आरक्षको ताराताल पुगेका कञ्चनपुरको पिपलाडी झलारी नगरपालिका–३ का ५५ वर्षीय खुसिराम चौधरीको डुबेर आज मृत्यु भएको छ ।

तालमा माछा मार्नका लागि जाल राख्ने क्रममा चौधरी डुबेको स्थानीय प्रतिरोध चौधरीले बताउनुभयो । मदिराको नसामा रहेका कारण चौधरी तालबाट बाहिर आउन नसक्दा डुबेको बताइएको छ । मृतकको शवलाई स्थानीय बासिन्दाले तालबाट निकालेर घरमा ल्याएका छन् । रासस