२ कार्तिक २०८३, सोमबार

सबै रेकर्ड तोड्दै ‘कबड्डी– ४’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ जेठ । चलचित्र कबड्डी– ४ ले हालसम्मका सबै रेकर्ड तोडेको छ ।

रिलिज भएको दिनबाटै कीर्तिमानी व्यापार गरिरहेको फिल्मले चार दिनमा १० करोड ग्रस कलेक्सन गरेको छ ।

फिल्मले यो अवधिमा ठूलो कलेक्सन गर्ने नेपाली चलचित्र बनेको छ ।

हाल केही फ्लो घटे पनि व्यापार राम्रो गरिरहेको कबड्डी ४ ले पाँच दिनमा १३ करोडसम्म कमाउने जनाइएको छ ।

पहिलो दिन चलचित्रले साढे तीन करोड कमाएर कीर्तिमान राखेको थियो । नेपालमा कुनै पनि स्वदेशी वा विदेशी चलचित्रले यति ठूलो ओपनिङ गरेका थिएनन् । दोस्रो र तेस्रो दिनमा पनि फिल्मको व्यापार उचाइमै रह्यो ।