२ कार्तिक २०८३, सोमबार

साहित्यकार अमरको डियर भ्याक्सिन उपन्यास सार्वजनिक

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ जेठ । ओएस नेपालको आयोजनामा ओएस नेपालद्वारा प्रकाशित वरिष्ठ साहित्यकार एवम् गीतकार सुरेन्द्र महर्जन ‘अमर’को जन्म दिनको अवसर पारेर उनको ३०औँ कृति कोरोना महामारीको समयमा लेखिएको ‘डियर भ्याक्सिन’ उपन्यासक एक समारोह सार्वजनिक गरिएको छ ।

उपन्यास सार्वजनिक गर्दै वरिष्ठ साहित्यकार प्राडा गार्गी शर्माले सुरेन्द्र महर्जन अमरको साहित्यिक यात्राको बारेमा सफलताको कामना व्यक्त गरे । सार्वजनिक समारोहमा उपन्यास डियर भ्याक्सिनको अडियो साहित्यकार एवम् उपन्यासकार संघका अध्यक्ष शंकर भारती सार्वजनिक गर्दै, धेरै पहिलादेखि साहित्य लेखनमा लागेर कथा, कविता, गीत, हाइकु, तान्का र उपन्यास लेख्नु हुने साहित्यकार अमरको बारेमा धारणा व्यक्त गरेका थिए ।

उपन्यासको अडियोमा आफ्नो मेहनत र स्वर दिएर सहयोग गरिदिने भाष्कर श्रेष्ठलाई ओएसनेपालको तर्फबाट ‘भ्याक्सिन आवाज’ सम्मानबाट सम्मानित समेत गरिएको थियो भने सोही आवाज युटुवमा रहेको छ । समारोहमा चर्चित संगीतका सन्तोष श्रेष्ठ, साहित्यकार राजबाबु श्रेष्ठ सागर, ओएसनेपालका गबोड अफ डाइरेक्टर हरि अधिकारी, पत्रकार गीता अधिकारी, गायक दिनेश थानी, गायक संगीतकार चिरञ्जीवी भण्डारी, विनोद श्रेष्ठ, हरिशरण लवजुआदिले सुरेन्द्र महर्जनको बारेमा धारणा व्यक्त गरेका थिए ।

कार्यक्रम भक्तपुर पत्रकार महासंघका अध्यक्ष पुष्करराज बुढाथोकी ‘साउंँतेली’बाट कार्यक्रम सञ्चालन गरिएको थियो ।