५ कार्तिक २०८३, बिहिबार

‘समाज रुपान्तरणमा महिलाको भूमिका महत्वपूर्ण’

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-वि वि श्रेष्ठ

तनहुँ, १७ जेठ । व्यास नगरपालिकाका प्रमुख वैकुष्ठनाथ न्यौपानेले समाज रुपान्तरणमा महिलाको भूमिका महत्वपुर्ण भएको बताएका छन् ।

सिन्धु आमा समुह व्यास –५ ले आयोजना गरेको ७ दिने क्रिस्टलको चुरा पोते र धुपवत्ती तालिमको उद्घाटन गर्दे उनले सो कुरा वताएका हुन् ।

सिन्धु आमा समुहको अध्यक्ष अमृता खनालको अध्यक्षतामा भएको सो कार्यक्रम १७ गते देखि २३ गते सम्म चल्नेछ । तालिमको उद्घाटन गर्दै पुननिर्वाचित वैकुष्ठनाथ न्यौपानेले उत्पादन तथा सीपमुलक सिकाईले महिलालाई आत्मानिर्भर वन्न सहयोग पुरयाउने समेत बताए ।

व्यास नगरपालिका महिलाको सीप विकासको लागी सधै क्रियाशिल रहनेछ । महिलालाई आत्मानिर्भर वनाउन सकेमा समाज रुपान्तरण हुन सक्ने समेत सो अवसरमा उनले वताए ।

महिला समाजको मेरुदण्ड भएको हुँदा महिला स्वाबलम्वी र मेहनती भएमा सम्वृद्ध समाज वनाउन सकिने हुँदा तालिममा सिकेको कुरा व्यवहारमा लागु गरि आर्थिक उपार्जनमा लाग्न सकिने समेत उनले बताए ।

यसैगरि विशिष्ट अतिथी व्यास ५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ हिमालले महिलाको हकहितका लागी वडा हातेमालो गरेर अगाडी वढ्न तयार रहेको वताए ।

महिलाको आय आर्जन र उत्पादनमा वडाको तर्फवाट विभिन्न योजना ल्याउने वताए । सचिव रञ्जिता खनालले संचालन गरेको उक्त कार्यक्रममा सयौ वढि महिलाको उपस्थिती रहेको थियो ।