
पोखरा, १६ जेठ । पोखराबाट जोमसोमका लागि उडेको जहाज दुर्घटनामा २२ जनाको निधन भएको छ ।
चालक दलका ३ जनासहित २२ जनाको निधन भएको हो ।
आइतबार विहान ९ः५५ जोमसोमका लागि उडेको तारा एअरको नाइन एन एइटी जहाज सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिकाको कोबाङमाति सानोसरेमा क्षतविच्छेद अवस्थामा भेटिएको थियो ।
सोमबार अपरान्ह पोखरा विमानस्थलमा एअरहोस्टेज कृष्मी थापालाई सकुशल देख्न पर्खिरहेकी थापाकी आमा भावविहल बनेकी छन् ।
पोखरा विमानस्थलमा उनकी आमासहित आफन्त जम्मा भएका छन् । उनकी आमा भने छोरी भएको ठाउँमा लैजाऊ भन्दै विलौना गरिरहेकी छन् ।
तस्वीरहरुः


















प्रतिक्रिया