काठमाडौँ, १७ वैशाख । नेपाली सेनाले भूकम्पबाट प्रभावित क्षेत्रमा आफ्नो कुल सैनिक बलको ९० प्रतिशत फौजलाई खोज, उद्धार तथा राहतका लागि अधिकतम रुपमा प्रयोग गरी आज पनि निरन्तर रुपमा प्राथमिकताका साथ तीव्रता दिएको छ ।
सोहीअनुरुप भूकम्पपीडित घाइतेलाई नेपाली सेनाको वीरेन्द्र सैनिक अस्पतालमा पु¥याई हालसम्म ७४८ घाइतेको उपचार भइरहेकामा ३२६ घाइतेको उपचार गरी घर फिर्ता गरिसकिएको छ भने २४८ घाइतेलाई विभिन्न स्थानबाट नेपाली सेनाको हेलिकप्टरद्वारा सकुशल उद्धार गरेर अस्पतालमा ल्याई उपचार सेवा प्रदान भइरहेको छ ।
त्यसैगरी सेनाबाट उपचारका क्रममा ३२ सिकिस्त घाइतेको मृत्यु भइसकेको छ । सेनाले उपचारका निमित्त नौ स्थान (हागाम, लिपिङ, सिपानी, मेलम्ची, धुन्चे, माग्माचौर, सैनिक मञ्च, एयरपोर्ट र भद्रकाली) मा आप्mनो चिकित्सा टोली खटाई नियमित रुपमा उपचार सेवा प्रदान गरिरहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
उपलब्ध स्रोत साधनलाई अधिकतम प्रयोग गरी सेनासँग भएको लान्सर, एएलएच, एलुवेट, वेल, सुपर पुमा र स्काइ ट्रक गरी आठ तथा भारतीय सेनाको एमआइ १७ र एएलएच १२ हवाइ साधनद्वारा खोज, उद्धार तथा राहत सामग्री वितरणलाई प्राथमिकताका क्रममा राखी अहोरात्र खटाइएको छ । हालसम्म भूकम्पपीडितको सहायताका निमित्त २७ मित्र राष्ट्रका सर्च एन्ड रेस्क्यु र चिकित्सा टोलीले खोज, उद्धार तथा राहतमा नियमित रुपमा सहयोग प्रदान गर्दै आइरहेका छन् । रासस















प्रतिक्रिया