
ढल्केवर, १६ जेठ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरमा सवार धनुषाका सात जनाको मृत्यु भएको छ। आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयर दुर्घटना हुँदा धनुषाको मिथिला नगरपालिका-११ लोटा गाउँका सात जनाको मृत्यु भएको हो।
दुर्घटनामा मिथिला नगरपालिका-११ लोटाका राजन कुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङको मृत्यु भएको हो।















प्रतिक्रिया