५ कार्तिक २०८३, बिहिबार

राष्ट्रियसभामा बजेट टेबुल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ जेठ । राष्ट्रियसभामा सरकारले ल्याएको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) टेबुल भएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आवको बजेटलाई टेबुल गरेका हुन् ।

बैठकको सुरुमा भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आज बिहानदेखि हराइरहेको तारा एयरको ट्विनअटर जहाजको खोज तथा उद्धारको सम्बन्धमा सभालाई जानकारी गराएका थिए ।

बजेटमाथिको सैद्धान्तिक छलफल र छलफलमा उठेका प्रश्नहरुको जवाफ दिनका लागि यही जेठ १७ र १८ गतेका लागि दिन तोकिएको छ । राष्ट्रियसभाको अर्को बैठक यही जेठ १७ गते बिहान ११ बजे बस्नेछ ।