४ कार्तिक २०८३, बुधबार

भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाको अध्ययन गर्न कार्यदल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dharara-ktmकाठमाडौँ, १७ वैशाख । त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानले देशमा गएको विनाशकारी भूकम्पले गरेको भौतिक क्षतिको अवस्था अध्ययन गर्न कार्यदल गठन गरेको छ ।

भूकम्पका कारण त्रिविअन्तर्गतका विभिन्न भवन तथा अन्य सरकारी तथा निजी भवनमा क्षति पुगेकाले त्यसको वास्तविक अवस्थाको अध्ययन प्रा डा गोकर्णबहादुर मोत्राको संयोजकत्वमा गठित १८ सदस्यीय कार्यदलमा प्रा रवीन्द्रनाथ श्रेष्ठ, प्रा पदम खड्का, प्रा सुधा श्रेष्ठ, सह प्रा हरिदर्शन श्रेष्ठ, सह प्रा नरेन्द्र सिटौलालगायत हुनुहुन्छ ।

कार्यदलले आजैदेखि विश्वविद्यालयका क्षतिग्रस्त भवन, सरकारी तथा निजी भवनसहित देशभरिको समग्र भौतिक क्षतिको अध्ययन गरी सरकारलाई सुझाव दिइने संयोजक मोत्राले जानकारी गराउनुभयो । रासस