
काठमाडौँ, १५ जेठ । २२ जना सवार तारा एयरको बेपत्ता विमान खोजीका लागि खराब मौसमले बाधा उत्पन्न गरेको छ ।
पोखरा र जोमसोममा होलिकप्टर तयारी रहे पनि खराब मौसमका कारण उड्न नसकेको नागरिक उड्ययन प्राधिरणले जनाएको छ ।
मुस्ताङको लेते, टिटी, नाउरीकोटलगायतका स्थानमा विमान दुर्घटना भएको आशंका गरिएको छ ।
स्थानीयले ठूलो सुनिएको भनेका छन् । त्यसबारे थप जानकारी लिइरहिएको जनाइएको छ ।
उता मौसमविदहरुका अनुसार आज आकाश खुल्ने सम्भावना कम रहेको छ । जसले गर्दा खोजी कार्य झनै प्रभावित बन्ने देखिएको छ ।















प्रतिक्रिया