२ कार्तिक २०८३, सोमबार

बेलायतको सुपरयाटमा आगलागी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Thick black smoke rises from a fire on a yacht, at Torquay harbour in Torquay, Britain May 28, 2022. Picture taken with a drone. Mike Trower/Handout via REUTERS

लन्डन, १५ जेठ । बेलायतको डेभोन बन्दरगाहमा रहेको सुपरयाटमा ठूलो आगो लागेको छ । सो सुविधासम्पन्न याटले ८ हजार लिटर इन्धन बोकेको बताइएको छ । आपतकालीन सेवाहरूले हाल आगो निभाइरहेको डेभन र कर्नवाल प्रहरीले जानकारी दिएको छ ।

आगोको धुवाबाट बच्न प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ । ‘हामी मानिसहरूलाई सो क्षेत्रबाट जोगिन र धुवाँका कारण ढोका÷झ्यालहरू बन्द गर्न आग्रह गरिरहेका छौं’, प्रहरीले ट्वीटमा भनेको छ ।

सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिर तथा भिडियोमा आगोको धुवाँको कालो मुस्लोले वरपरको वातावरण ढाकेको छ । आगलागीमा कोही पनि घाइते नभएको प्रहरीले विज्ञप्तिमा जनाएको छ । –एजेन्सी