४ कार्तिक २०८३, बुधबार

मुस्ताङमा जमिन भासिने क्रम रोकियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mustang-bhukampa1मुस्ताङ, १७ वैशाख । हिमाली जिल्ला मुस्ताङमा जमिन भासिने क्रम रोकिएको छ ।

महाभकूम्पपछि मङ्गलबार बिहानैदेखि मुस्ताङ सदरमुकाम जोमसोम आसपास र घमी गाविसको घिलिङ गाउँ वरपर जमिन भासिएपछि जनजीवन त्रसित बनेको थियो ।

जमिन भाँसिदा जोमसोममा १६ वटा घर र घिलिङमा २० घरमा क्षति पुगेको छ । बुधबारदेखि दुवै क्षेत्रमा जमिन भासिने क्रम रोकिएको प्रमुख जिल्ला अधिकारी नरहरि बरालले जानकारी दिनुभयो ।

उहाँका अनुसार जमिन भासिएपछि दुई रातसम्म यी दुई क्षेत्रका सर्वसाधारण खुल्लाचौरमा बसेका थिए, तर अहिले अवस्था सामान्य बन्दै गएको छ । रासस