१ कार्तिक २०८३, आइतबार

भेटिएको चिठ्ठी

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-निबाना दाहाल

सेतो धर्ती नामक किताबको पानामा भेटिएको एउटा खाममा “पहिलो प्रेम हौ सदा अमर रहने छौ” लेखिएको थियो। खामभित्र एउटा अमूल्य भाव बोकेको‚ साँघुरा अक्षरभित्र फराकिला सपना र अकाङ्शा लुकेको चिठ्ठी भेटियो ।

चिठ्ठी भित्र लेखिएको थियो :-

सानो मस्तिष्कमा ठुला सपना बोकेर हिँडेकी मान्छे, सादा जीवन उच्च विचारका साथ जीवन जीउने आकाङ्क्षा बोकेकी मान्छे, मलाई सायदै यो माया प्रेममा विश्वास नै थिएन । न त कसैलाई माया गर्न जानेकी थिएँ । न त कसैलाई मायाको झुटो आश्वासन देखाउन नै, जानेकी थिए त बस्, आफ्ना सपनामा अडिक रहन र जिम्मेवारी आफ्नो काँधमा लिन ।

मायाको परिभाषा नबुझ्नेलाई चोखो मायाको व्याख्या गर्दै मेरो जीवनमा अनौठो भूमिका खेल्न आयौ तिमी, तिमीले “मेरी माया” भन्दा जिम्मेवारी बोकेका काँध पनि हलुको भएको भान हन्थ्यो । माया, प्रेममा विश्वास नमान्ने म, ”दुई आत्माको मिलन हो प्रेम″ भन्न थालेकी थिएँ। तिमीलाई चोखो माया गर्नु पनि मेरो जिम्मेवारी हो भन्ने ठानेकी थिएँ । मायाको मिठो वाणले बिस्तारै हान्दै थियो मलाई ।माया भन्ने कुरा पनि अच्चमको हुने रहेछ, नपाउन्जेल के हो के हो? पाए पछी संसार जिते जस्तो ।

तिमी पनि विद्यार्थी न हो । अल्लारे र अपरिपक्वताको बेला थियो तर पनि मलाई अभिभावकको जस्तै सम्झाउने र हौसला दिने गर्थ्यौ । हरेक दिनका किर्याकलाप सुनाउने गर्थ्यौ, एकदिन नबोल्दा पनि आत्तिन्थयौ, बिरामी हुँदा आमाले जस्तै ख्याल राख्थ्यौ ।अझै बिर्सेको छैन, म साथीसँग घुम्न जाँदा मिनेट मिनेटमा कल गरेर ″कँहा पुग्यौ ?

चिसो लाग्छ फेरी ख्याल गर् है ,अब तँ र म नि जान पर्छ एकदिन घुम्न” भनेको ।मैले एकदिन ख्याल ठट्टामा मेरो एक्सिडेन्ट भयो भन्दा आत्तिएर लुकी लुकी मलाई भेट्न भनी घर नै आएको । रिसाँउदा डेरीमिल्क दिएर फकाउने गर्यौ। मेरो साना साना कुरा याद गरेर मलाई खुसि बनाउथ्यौ ।

म पढिन भने मलाई कराउथ्यौ ,मेरो पढाईमा निखर्ता ल्याउन कोइस्न पेपर पठाएर ”सल्भ गर, है म चेक गर्छु″ भनेर मेरो टेस्ट  लिन्थ्यौ। कसरी बिर्सु ? ब्थडेमा १२ बजे नै ″हेप्पी ब्थडे कैलु” भनी प्रेम प्रस्ताव राखेको अनि सँगै पाथीभरा जाने बाचा गरेको।वस्नत ऋतुको पहिलो फुलको थुङ्गा ,वर्षा ऋतुको वर्षाको पहिलो थोपा ,शरद ऋतुको नँया चामलको खिर भनी मलाई सम्बोधन गरेको अझै यी कानमा गुन्जि रहन्छन्।

त्यताबाट मात्र माया दान्किएको होइन, यताबाट पनि आँगो उत्तिकै रन्किएको थियो।किन यति बिछ्टिएको माया लागेको होला, त्यो अन्जान मान्छेको ? उत्तर म आफैमा थिएन।खुसि र आफ्ना भावना पोख्ने मान्छे पाएकी थिए, त्यसैले आफैमा फुरुङ्ग थिए।

भगवानले मेरै लागी भनेर तिमीलाई पठाउनु भएको होला जस्तो लाग्थ्यो । ए. स. ऐ. ल. सी परीक्षा नजिकिदै थियो (राष्ट्रिय परीक्षा बोर्डले लिने,विद्यालयको अन्तिम परीक्षा) ।प्रथम र दोस्रो त्रौमासिक परीक्षा राम्रो भएको थियो ।

ए. स .ऐ .ल .सी परीक्षा पनि राम्रो गर्ने हेतुले तयारी पनि राम्रो गर्दै थिए ।सबै राम्रो हुँदै थियो। आमाबुबाको माया,तिम्रो साथ,अनि गुरुहरुको आर्शीवाद बोकेर हँसिलो मुहारका साथ अघि बढिरहेकी थिए ।सायदै ,त्यो खुसिमा कसैको नजर लागेछ।त्यो मेरो एकक्षणको खुसि धेरै बेर सम्म टिकेन।

परिक्षाको तयारीमा व्यस्त थिए, त्यसैले पहिले जस्तो समय निकालेर बोल्न भाएकी थिएन।  टिउसन् पनि पढ्न थालेकी थिए। त्यसैले असाईन्मेट गर्ने, पढ्ने गर्दा ९ बज्थ्यो।तै पनि ,जसो तसो गरेर तिमीसँग बोल्ने गर्थे ।″जसरी पनि GPA 4 ल्याउनुपर्छ है, सानु..!! मेरो लागी भए नी CA बन्ने सपना पुरा गर्नुपर्छ,” भनेको कुरा अझै यी मनस्पटलमा घुमिरहेका छन् ।तिमीले भने जस्तै प्रयत्न पनि मेहनत पनि उतिकै गरिरहेकी थिए ।

गतिशील भई बगिरहेको नदीमा, ठुलो भेल उर्ले जसरी अकाशमत् तिम्रो मिजासीलो बोलीमा कठोरपन देखिन थाल्यो।छुराले रोपीएको जस्तै दुख्न थाल्यो ती तिम्रा वचनले । दिँउसो ठिक २:५३ मा ″अब मेरो पनि जिन्दगीको सबाल छ । हामी अजबाट नबोलौ ,आज देखि म्यासेज ,कल केही पनि नगर्नु ”भनेर उसको म्यासेज आयो ।

थाहा छैन ,त्यो म्यासेज कसरी पढे ? ती ६, ७ वटा शब्दले मेरा सपना भताभुङ्ग पारी दिए। न रुनु, न कराउनु ? वासरुम गएर भकान्नीएर रोए।अझ डाँको छोडेर रुन मन थियो ,तर घर परिवारको डर थियो। तिमीले यस्तो गर्छौ भन्ने कल्पना पनि गरेकी थिईन ।

होइन ,अझै एकचोटी सोध्छु केही समस्या भएर अपर्झट यस्तो निर्णय लिन खोजेको हो की ? मान्छे नी रिसाहा छ ,सायद रिसको झोकमा झटै यस्तो निर्णय लिन खोजेको पो हो की ? भन्ने ठानेर ″के भयो ? तिमी यस्तो मान्छे त होइन।केही भाको हो र ?” भनेर म्यासेज गरे। ″जे भए पनि, तँलाई के भयो? ”उताबाट जवाफ आयो । उ सके सम्म बोलेन नपरे हुन्थ्यो जस्तो गर्थो ।

यता परीक्षाको तनाव, उता तिम्रो, त्यसै माथि हजुरबुबाको निधन भएको थियो। मेरो शरीर मात्र थियो होस्हवास् केही थिएन ।कतिचोटी त भगवानलाई गाली पनि गरे। पुजाकोठामा भएको शिवजी को फोटो  पनि च्याति दिए ।आफै देखेर धिकार लाग्थ्यो । जन्मिनु पनि बेकार ठानेर आफैले आफूलाई सिध्याउन खोजे ।

तब म प्रति ठुलो आशा राखेका मेरा निर्दोष बुबाआमाको याद आयो!! हजुरबुबाले अन्तिम सास फेर्नु अघि,  ″नानी राम्रो पढ्नु ,असल मान्छे हुनु, मति नबिगार्नु ,घरको जेठो बाठो बुझने तँ एउटा त छेस् नी बाबै ..!! इज्जत फाल्ने काम कहिल्यै नगर्नु है छोरी”। भन्नु भएको कुरा सम्झिए र त्यस्तो कदम चाल्नबाट आफैलाई रोके। स्वर्गीय हजुरबुबाको आर्शीवाद र आमाबुबाको आशको ले आझै पनि सास फेरीरहेको छु।

एकमनले सोच्छ, ″आफ्नै जन्मदिने आमाबुबाले छाडेर जाँदा त मन बुझाउनु पर्छ, भने जाबो २,३ दिन भेटेकाले मन डुलायो भनेर किन हरेस खानु ?”

अर्कोमन भन्छ,″हैन बुबाआमालाई भन्दा बढि विश्वास गरेको छु। कसरी यति सजिलै भुल्न सकुम्ला र ? जे, नै भए पनि उस्को मनमा मेरो लागी अझै माया छ” भनेर म्यासेज गरी रहन्थे, तर सोचेको जस्तो जवाफ आउदैन थियो।सकेसम्म उ म बाट टाढा हुन खोजि रहेको थियो, तर म झन नजिक हुने प्रयत्न गर्दै थिए ।

एकदिन साह्रै नरमाइलो लागेर, म्यासेज गरे ″किन यस्तो गरेको मेरो राजा ?म देखी पुग्यो ? अमन भयो ? अब नँया स्वाद लिन मन लागेको हो ? ”भनेर।उताबाट उस्ले ″राजतन्त्र हटिसकेको देशमा के को राजा ? अबबाट राजा नभन है ,मलाई ।अनि सुनन sorry..!! है मलाई अस्ति सभ्यताले प्रपोज गरेकी थिई ।

पहिले देखी नै मलाई सभ्यता मनपर्थो र मैले पनि हुन्छ भनि दिए । सरुमा साथी मात्र थीई नजानेको सबै सिकाइदिन्थी, तर आज मायाको परिभाषा पनि सकाइ दे की छे ”। उस्को तो म्यासेजले झन, मलाई कमजोर बनायो। ″माया के रहेछ, बल्ल आझ सभ्यताले बुझाइदियो है तिमीलाई ? मायामा यति पागल भएछु की, तिमीलाई मायाको परिभषा नै बुझाउन भुलेछु।

माया लगाएको यतिका वर्षमा त मायाको परिभाषा बुझाउन सकेको रहेनछु,तिमीलाई चोखो माया झन कसरी दिन सकुला र मैले ? हस् राम्रोसँग पढ्नु, सभ्यतालाई कहिल्यै धोका नदिनु ,मम्मीको ख्याल गर्नु । तिम्रो पहिलो माया सभ्यता हो, जस्ले तिमीलाई मायाको परिभाषा दिएको छ र मायाको आभास गराएकी छ।आफूलाई मन परेको मान्छे  रोज्नु पनि एक किसिमको अधिकार हो र त्यो अधिकार खोस्ने कुनै हक म माथि छैन । साँचै नै, राजतन्त्र हटिसकेको देशमा मैले बनाएको राजाको कुनै अस्तित्व नै रहेन । goodbye takecare dhrai maya..!! ”भनेर म्यासेज छोडिदिए।

आफूले आफुलाई सम्झाउन धेरै प्रयास गर्थे तर असफल नै हुन्थे।आँशुका धारा बर्खे झरी जस्तो आइरहन्थो ।फेसबुकमा भएको तिम्रो फोटो हेरेर मात्र राती सुत्ने बानी परेको थियो । परीक्षा झन दैलोमै थियो।आफूले आफुलाई सम्हाल्नै सकिन त्यसैले पढाईमा डिसटभ नहोस् भनेर तिमीलाई ब्लक गरे। नाम मात्र ब्लकको थियो।

मिनेट, मिनेटमा अनब्लक गर्दै तिम्रो प्रोफाइल हेर्थेँ ।जसो तसो परिक्षा पनि दिएँ ।आशाका पल्लवी भने अझै थिए मानमा।। सायद ,धेरै बेर म सँग बोलेर त्यसले पढाई बिगार्छे भनेर पो त्यस्तो नाटक गरेको हो की ? भनेर अनब्लक गरेर ”मेरो exam  सिदियो नी” भनेर म्यासेज गरे । ″सक्कियो नाटक  ? के खान अनब्लक गरेको ? ”भनेर उताबाट जवाफ आयो ।मैले ,″मेरो पढाई बिर्गिन्छ कि भनेर आफूलाई समाल्न, नसकेर तिमीलाई ब्लक गरेको हो,कुनै नाटक र रिसले होईन”भने।।

उसले ″तँ मेरो लागी मरी सक्किस् ,बिर्सिदे मलाई” भन्यो । ″म तिम्रो लागी मरी सकेको रहेछु ।।कसम, अब बाट डिसटभ  गर्दिन् ।। यस्तो समय पकै आउनेछ जँहा तिमीले मलाई खोज्ने छौ , तर म हराइ सकेको हुनेछु साराबाट ।।rip_to_me ”भनेर फेरी ब्लक गरे ।

धेरै जसो बिरामी भइराख्ने म, सानो सानो कुरामा पनि धेरै आत्तिने म, मनमा अनेक तर्कना बुनिरहने म, आज, migrane रोगको सिकार भएको छु । जन्मिएर यो भौतिक ससारमा रमाउनु भन्दा, नजन्मिनु नै ठिक लाग्न थालेको छ ।आफैले बुनेको भ्रमको दुँनियामा आज आफै फसेछु, जस्को जालबाट निस्किन मलाई गाह्रो भइरहेको छ।मेरो मनमा तिम्रो लागी त्यती नै माया र सम्मान छ, जुन बेला देखी तिमीले मेरो मन जितेका थियौ । जिन्दगीमा चोखो माया सायद, एकै पटक मात्र लाइन्छ होला र मेरो लागी त्यो माया, तिमी हौ सानु..!!

यो जुनिमा सम्मभब नहोला ,तर तिम्रै हुने आशमा तिमीलाई कुरिरहने छु ″हजार जुनि सम्म”

थाहा छ ,बगेको खोला फर्कदैन तर आशाका छाल सँगै त्यहि खोलाको किनरमा ,तिम्रो पर्खाइमा बसि रहेकी हुनेछु। मन न हो ,समाल्नि धेरै गाह्रो हुँदो रहेछ ।″अर्काको लागी अमूल्य जिवन किन फाल्नु , सब नाटक हो” जस्तो लाग्थ्यो  ।

तर , अरुलाई नै आफ्नो  सारा जीवन ठाने पछि,उ बिना बाँच्नुको अर्थ नहुने रहेछ ।अझै पनि कतै एक्सिडेन्ट भएर मर्न पाए हुन्थ्यो भन्ने चाहाना गर्छु।आफ्नो अमूल्य जीवन त्याग गर्न सक्ने क्षमता केबल, माया मात्र हुँदो रहेछ । त्यसैले मायामा मान्छे पागल हुँदा रहेछन्।अरु सफलताको पर्खाइमा छन् त म तिमी (मेरो पहिलो प्रेम)  र काल (मृत्युको) पर्खाइमा छु सानु..!!

उहिँ तिमीलाई माया गर्ने,

तिम्री माया,